Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाली कम्युनिष्ट पार्टीले समाजवाद कार्यान्वयन गर्न दुईतिहाई बहुमत अनिवार्य: वामदेव गौतम

नेपाली कम्युनिष्ट पार्टीले समाजवाद कार्यान्वयन गर्न दुईतिहाई बहुमत अनिवार्य: वामदेव गौतम

ललितपुर : नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस विषयमा आश्वासन दिएका हुन्।

गौतमले भने कि निर्वाचनबाट दुईतिहाई बहुमत आएपछि पार्टी समाजवादको कार्ययोजना अघि बढाउनेछ। उनले कार्यकर्तालाई अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिँदै टोल, वडा, पालिका कुनै पनि स्थान खाली नगरी जनताको घरदैलोमा पुग्न आग्रह गरे। उनका अनुसार १७ वटा पार्टी एकिकृत भएर बनेको पार्टीले जनताको घरसम्म पुग्न नेताको अभाव हुँदैन।

उनले स्पष्ट पारे कि देशमा समाजवाद लागू गर्न दुईतिहाई बहुमत अनिवार्य छ। यसबाट पार्टीले बाटो निर्माण, उत्पादन वृद्धि, विकासका लागि वैज्ञानिकहरूको नेपाल आमन्त्रण र नेपाली जनशक्तिलाई सीप सिकाउन बाहिर पठाउने जस्ता कार्य अघि बढाउने योजना बनाएको छ।

गौतमले आगामी पुस्ताले गौरव गर्ने खालको नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी कुनै पालिका, वडा वा टोल खाली नगरी जनताको बिचमा पुग्ने छौं। दुईतिहाई बहुमतसहित समाजवाद कार्यान्वयन सुरु हुनेछ, बाटो, घर र उत्पादन विकास हुनेछ। विश्वभरका वैज्ञानिकलाई ल्याएर नयाँ सीप सिकाउनेछौं र देशभरका स्थानमा लगानी र विकास अघि बढाउनेछौं।”

उहाँले समाजवाद निर्माणका लागि युवालाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै १६ वर्षदेखि ९० वर्षसम्म काम गर्न सक्ने जनशक्तिलाई श्रममा लगाउनुपर्ने बताए। रोजगारको अभावले युवालाई आन्दोलनमा उत्राउन बाध्य बनाएको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट