Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लिङ्देन र जबराको प्रतिवेदनसहित राप्रपाको व्यापक समीक्षा बैठक

लिङ्देन र जबराको प्रतिवेदनसहित राप्रपाको व्यापक समीक्षा बैठक

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको मिति टुंग्याउन मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान तथा महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणलगायत विषयमा बैठक केन्द्रित हुने पार्टीले जनाएको छ ।

महामन्त्री राजेन्द्र गुरुङका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक परिस्थिति, हालैका घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको समग्र सुरक्षा अवस्था र सडकमा देखिएको असन्तुष्टिसम्बन्धी विषयमा पनि विस्तृत छलफल हुनेछ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक समीक्षासहित आफ्नो धारणा राख्नेछन् । त्यस्तै महामन्त्री डा. धवलशम्शेर जबराले पार्टीको रणनीति तथा भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, पार्टीभित्र युवाको सहभागिता वृद्धि, संगठन सुदृढीकरण, तथा राप्रपाले अघि सारेका मुद्दाका प्रभावकारी कार्यान्वयनबारे समेत छलफल गरिनेछ । बैठकमा जनवर्गीय संगठनहरूको कार्यसम्पादन समीक्षा तथा नेताहरूको जिम्मेवारी पुनः बाँडफाँड गर्ने तयारी पनि रहेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट