Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

मुख्यमन्त्री शाहको प्रतिबद्धता— ‘निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्छौं’

मुख्यमन्त्री शाहको प्रतिबद्धता— ‘निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्छौं’

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीको अपार सम्भावना रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र–२०८१’ सोमबार हस्तान्तरण गर्दै शाहले यस्तो धारणा व्यक्त गरेका हुन्।

मुख्यमन्त्री शाहले प्रदेश सरकार लगानीका लागि अनुकूल वातावरण निर्माणमा प्राथमिकता दिई अघि बढिरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।
उनले भने, “प्रदेश सरकार लगानी–मैत्री वातावरण निर्माणमा केन्द्रित छ। निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने हाम्रो प्रतिबद्धता स्पष्ट छ।”

स्थिति पत्र बुझ्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक स्थल तथा जलस्रोत क्षेत्रमा विशालतम सम्भावना रहेको बताए।
उनका अनुसार, नेपालमा नकारात्मक धारणाभन्दा सकारात्मक सोच र लगानी–मैत्री ऊर्जा आवश्यक छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट