विराटनगर : मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले सोमबार (मंसिर २२) जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिई विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले प्रसाईंका मागमा ध्यान नदिएको भन्दै नाराबाजीसहित आन्दोलनमा उत्रिएका हुन्।
समर्थकहरूले २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा गर्ने, ‘जेनजी’ आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने र राजसंस्था पुनर्स्थापना गर्ने जस्ता माग अघि सारेका छन्। उनीहरूले माग पूरा नभए विरोध प्रदर्शन अझै चर्काउने चेतावनी पनि दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij