काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ। धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरिएको नेता प्रकाश ज्वालाले जानकारी दिए।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभामा प्रदेशभरबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको छ। नेकपाले २७ गते सुर्खेतमा सभा गर्दैछ। यसअघि मंसिसर २३ गते मकवानपुरको हेटौँडामा सभा ससमापन गर्ने तयारी गरिए पनि यो मिति सारिएको छ।
बागमतीका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी उपत्यकामै भेलाको तयारी भइरहेको छ । मिति टुंगो लागिनसकेको ज्वालाले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij