काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र दलहरुबीचको छलफलमा सुरक्षा निकायका प्रमुखहरूले घोषित चुनावमा सुरक्षा दिन तयार रहेको बताएका छन्।प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गतेका लागि घोषणा भएको चुनावमा सुरक्षा दिन तयार रहेको ब्रिफिङ सुरक्षा निकायका प्रमुखहरूले गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकमा सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागी थिए।‘सुरक्षा निकाय फागुन २१ मा हुने चुनाव गराउनका लागि सुरक्षा दिनका लागि तयार छ भनेर उहाँहरू ९सुरक्षा निकायका प्रमुखहरू० ले हामीहरू सबैलाई स्पष्ट रूपमा भन्नुभएको छ,’ बैठकपछि मन्त्री खरेलले सञ्चारकर्मीहरूमाझ भने।
बैठकमा निर्वचन आयोगका पदाधिकारीहरूले चुनाव गराउने दिशामा आफूहरू अघि बढिसकेको ब्रिफिङ गरेको मन्त्री खरेलले जानकारी दिए। उनले चुनावको वातावरण बनाउन सरकार तयार रहेको पनि बताए। केही दलहरूले भने सुरक्षाको वातावरणको विषयमा प्रश्न उठाएको मन्त्री खरेलले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij