Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राप्रपाको निर्णय: बिच्छा ६ महिनासम्म साधारण सदस्यबाट निष्कासन

राप्रपाको निर्णय: बिच्छा ६ महिनासम्म साधारण सदस्यबाट निष्कासन

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी मधेस प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई निलम्बन गरिएको छ।

प्रदेशसभा सचिवालयका सचिव वासुदेव कोइरालाका अनुसार, राप्रपाको लिखित अनुरोधका आधारमा बिच्छालाई निलम्बन गरिएको हो।

शुक्रबार प्रकाशित सूचनामा प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९०, राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५(२), र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १९१ अनुसार बिच्छालाई निलम्बन गरिएको उल्लेख छ।

राप्रपाले बिच्छालाई पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको आरोपमा, पार्टी विधान २०४८ (संशोधनसहित) अनुसार ६ महिनासम्म साधारण सदस्यबाट निष्कासन गर्ने र प्रदेशसभा सदस्यको पद फिर्ता गर्ने निर्णय गरेको केन्द्रीय कार्यसम्पादन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij