Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उपमेयर डंगोल: सामूहिक निर्णय बिना बाचा पूरा गर्न सकिँदैन

उपमेयर डंगोल: सामूहिक निर्णय बिना बाचा पूरा गर्न सकिँदैन

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग गरेका बाचा समयमै पूरा गर्न नसक्ने डर आफूलाई लाग्ने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित १४औँ काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा कार्यक्रममा बोल्दै डंगोलले काम गरेर मात्र कुरा गर्नु उचित हुने बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको प्रयासको प्रशंसा गर्दै, स्वास्थ्य बीमासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो:
"कति काम गरेर मात्र कुरा गर्नु अझ राम्रो हुन्छ। आफ्नै हातमा सबै अधिकार भए काम पुरा गर्न सजिलो हुन्थ्यो। कतिपय काम एकल अधिकारमा नपर्ने भएकाले सामूहिक निर्णय र सल्लाह आवश्यक पर्छ, चाहे त्यो कार्यपालिकामा होस् या नगरसभामा। सबैको सहमतिमा अघि बढ्नुपर्छ। यसले गर्दा कहिलेकाहीँ बाचा समयमै पूरा नहुने डर पनि हुन्छ। हामी क्रमशः काम गर्दैछौँ। यहाँको सेवा र सुविधासम्बन्धी कामहरूमा निरन्तर ध्यान दिइरहेका छौँ। स्वास्थ्य बीमा विषय पनि सल्लाहसहित समाधान गर्नेछौँ।"

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij