काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाराजगन्ज पुग्नुभएको छ। ओलीको सचिवालयले दिएको जानकारीअनुसार, हाल देउवा दम्पती र ओली दम्पतीबीच भेटवार्ता भइरहेको छ।
अर्कोतर्फ, आरजू राणा देउवा ओली मन्त्रिपरिषद् अन्तर्गत परराष्ट्र मन्त्री रहनुभएको थियो। भदौ २४ गतेको आन्दोलनका क्रममा देउवा दम्पती निवासमै आक्रमणको शिकार भएका थिए, जबकि ओली दम्पती बालुवाटारबाट हेलिकोप्टरमार्फत सुरक्षित रूपमा बाहिरिएका थिए।
यसपटक ओलीले श्रीमती राधिका शाक्यसँगै देउवा दम्पतीलाई भेट्न उनीहरूको निवासमा पुगेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij