काठमाडौं : हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था लागू गरिदिन प्रधानमन्त्रीसँग अनुरोध गरेको छ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले दलित समुदायको उचित प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन कानुनमा संशोधनको माग राखेको हो।
अध्यक्ष सुनारले बताएअनुसार, समानुपातिक निर्वाचन प्रणालीमा वर्तमान व्यवस्था खस–आर्य समुदायलाई प्राथमिकतामा राख्ने भएकाले दलित समुदायको प्रतिनिधित्व पर्याप्त हुन सकेको छैन।
प्रधानमन्त्री कार्कीले सामाजिक न्याययुक्त समाज निर्माणका लागि निरन्तर प्रयास आवश्यक रहेको बताइन्। उनले देशव्यापी जनजागरण मार्फत पैसा र शक्तिको प्रभावमा मात्र चुनाव जितिने अवस्था सिर्जना नहुने व्यवस्था सुनिश्चित गर्न आग्रह गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले सरकारको कार्यादेशभित्र रहेर दलित तथा अन्य उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको पनि उनको निजी सचिवालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij