Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

हाम्रो पार्टी नेपालले प्रधानमन्त्री कार्कीलाई निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न आग्रह

हाम्रो पार्टी नेपालले प्रधानमन्त्री कार्कीलाई निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न आग्रह

काठमाडौँ : शुक्रबार सिंहदरबारमा हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी दलित समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ।

अध्यक्ष सुनारका अनुसार, समानुपातिक निर्वाचन प्रणालीमा हालको व्यवस्था खस–आर्य समुदायलाई प्राथमिकता दिनेमात्र केन्द्रित छ, जसले दलित समुदायको पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न सकेको छैन।

प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर काम गर्नुपर्नेमा जोड दिइन्। उनले देशव्यापी जनजागरणमार्फत पैसा र शक्तिको प्रभावले मात्र चुनाव जितिने अवस्था आउन नदिन पनि सुझाव दिइन्।

प्रधानमन्त्रीको सचिवालयले जनाएको छ, कार्कीले सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्वका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij