चितवन : नेकपा (एमाले) मोरङले जिल्ला पार्टी कार्यालय तथा मातहतका अन्य कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र धम्कीसम्बन्धी घटनाविरुद्ध प्रशासनमा औपचारिक उजुरी दिने तयारी गरेको छ।
शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले सोबारे जानकारी दिएको हो। मोरङमा आन्दोलनका क्रममा भएको क्षतिबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला इन्चार्ज जीवन घिमिरेले सबै घटनालाई समेटेर एकमुष्ट उजुरी प्रशासनमा दर्ता गरिने बताए।
उनका अनुसार, पार्टी कार्यालयहरूमाथि गरिएको आगजनीका साथै नेता तथा कार्यकर्ताका निजी घरमा भएका आक्रमणविरुद्ध पनि व्यक्तिगत रूपमा उजुरी दर्ता गरिनेछ।
घिमिरेका अनुसार, जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित जिल्ला कार्यालयसहित विभिन्न ठाउँमा रहेका पार्टी संरचनामा आगजनी हुँदा ठूलो आर्थिक क्षति पुगेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij