काठमाडौँ : सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुईपटक सूचना प्रकाशित गर्दा पनि कुनै पनि उम्मेदवारले दरखास्त दर्ता गराएको छैन।
उपकुलपति पदमा नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ देखि कात्तिक ३० गतेसम्म आवेदन आह्वान गरेको थियो। पहिलो चरणमा आवेदन नपरेपछि समयावधि मंसिर ५ गतेसम्म बढाइएको थियो। तर दोस्रो चरणमा पनि कुनै आवेदन प्राप्त भएको छैन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक आह्वान गर्दै भने, “उपकुलपति पदको दुईपटक विज्ञापन गर्दा पनि आवेदन परेन। मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक वा विद्यावारिधी भएका देशभक्त इच्छुक सन्तानहरूले निवेदन दिनुहोस्। अथवा मलाई सम्पर्क गर्नुहोस्।”
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२, संघीय संसद्बाट पारित भई गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij