Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार रुपैयाँ

रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार रुपैयाँ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोटमा भाग लिन आह्वान गरेको छ। सो पार्टीले आज सूचना जारी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रुपमा सुरु भएको जनाएको छ। योग्यता पुगेका इच्छुक पार्टी सदस्यले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत् अनलाइन आवेदन दिन सक्नेछन्।

रास्वपाले सूचनामा आवेदन शुल्क समेत तोकेको छ। आवेदकले आवेदनसहित ५० हजार रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। उम्मेदवारी दिने समयावधि मङ्सिर २२ गतेदेखि २५ गतेसम्म रहेको छ । उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न र निवेदनका लागि पार्टीको वेबसाइटमा हेर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट