काठमाडौँ : सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ। मंसिर १६–१७ मा चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै उसले चुनाव बहिष्कार गर्ने जनाएको हो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अमेरिकी योजनामा बनेको कठपुतली सरकार’ भन्दै पार्टीले निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ ।महासचिव गजुरेलले पार्टीको साङ्गठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij