Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं

राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईं

काठमाडौँ : नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जानुपर्ने बताएका छन्।

आफूले अन्तरिम सरकारसँग विभिन्न बुँदामा माग राखेको बताउँदै वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जान आग्रह गरेका हुन्। उनले लडाइँ नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए। नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको बताउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि यसबारे कुरा भएको र गृहमन्त्री आफूहरूका मागप्रति सकारात्मक रहेको बताए।

आफूहरूका माग नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए। सरकारले आफूहरूका माग पूरा नगरे आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिए।

अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र जेनजीको बलमा बनेको सरकारले जेनजीहरूलाई नै थुनिरहेको उल्लेख गर्दै सरकार उल्टो बाटोमा रहेको बताए। जेनजी विद्रोहीलाई थुन्न नहुने उनको भनाइ छ।

प्रसाईंले भने, ‘हामीले किराँत बौद्धसहितको वैदिक सत्य सनातन हिन्दु धर्म, राजसंस्था र प्रदेश एवं प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहमा जाऔँ भनेका छौँ। मेरो माग नेपाल टुक्राउँ भन्ने छैन। सरकारले माग पूरा गर्नेमा ६० प्रतिशत विश्वस्त छु। माग पूरा नभए आन्दोलन छँदैछ नि। चित्त नबुझ्नेले आन्दोलन गर्ने हो। यी माग पूरा भएनन् र चित्त बुझेन भने त आन्दोलन गर्छौं।’

२३ र २४ गतेको आन्दोलन गर्नेहरूलाई थुन्न नहुने उनको माग छ। राष्ट्र जोगाउने भए सबैले आफूलाई साथ दिन पनि आह्वान गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट