काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ निवास निर्माण सुरु भएको छ।
‘ओली कुटी’ नाम दिइएको यस निवासको बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी छन्।
यसअघि जेनजी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित ओलीको निजी निवासमा आगजनी भएपछि अध्यक्ष ओली केही समयदेखि गुन्डुमा भाडाको घरमा बस्दै आएका थिए।
निवास भवनमा राजनीतिक भेटघाटका लागि बैठक कक्ष र अध्ययनका लागि पुस्तकालयको व्यवस्था रहने जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij