Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तयारी अन्तिम चरणमा, उद्घाटनस्थलमा निरीक्षण

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तयारी अन्तिम चरणमा, उद्घाटनस्थलमा निरीक्षण

भक्तपुर : नेकपा (एमाले)ले मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ।

महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलको चौरमा बिहीबार उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले निरीक्षण गरेको थियो। उपमहासचिव ज्ञवाली, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अन्य नेताहरूले कार्यक्रमस्थलको तयारीको अनुगमन गरेका थिए।

उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब २ लाख सहभागी अट्न सक्ने क्षमता रहेको बताए। उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी पनि दिनुभयो।

महाधिवेशनमा करिब २ हजार ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ भने उद्घाटन सत्रमा देशभरबाट १ लाख ५० हजारभन्दा बढी कार्यकर्ता उपस्थित हुने अपेक्षा गरिएको छ।

प्रचार विभाग प्रमुख गौतमले मञ्च र अन्य संरचनाहरू निर्माणसम्बन्धी तयारीको निरीक्षण गरिएको बताए। मञ्च निर्माणमा करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ। साथै, पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थलको तयारी सुरु गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट