Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले ११औँ महाधिवेशन अघि प्रतिनिधि छनोटमा विवाद, पोखरेल समूहले ध्यानाकर्षण गरायो

एमाले ११औँ महाधिवेशन अघि प्रतिनिधि छनोटमा विवाद, पोखरेल समूहले ध्यानाकर्षण गरायो

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विभिन्न जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा एकलौटी गरिएको भन्दै गुनासो व्यक्त गरेका छन्।

पोखरेलसहित उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायतका नेताहरू बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेर प्रतिनिधि छनोटको विवादमा ध्यानाकर्षण गराएका छन्।

ओखलढुङ्गा, धनकुटा र दाङजस्ता जिल्लामा एमालेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा विवाद उठेको थियो। सोही क्रममा, ती जिल्लामा चयन भएका प्रतिनिधिलाई पार्टीको सङ्गठन विभागले अस्वीकार गर्दै पुनः निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।

विशेषगरी ओखलढुङ्गामा पोखरेल समूहका मात्र, धनकुटामा ओली समूहका, र दाङमा शंकर पोखरेल समूहका प्रतिनिधि चयन भएका थिए।

ओली निकट एक नेताका अनुसार, “उहाँहरूको चासो मुख्यतया प्रतिनिधि छनोटमा विवाद देखिएका जिल्लामा थियो। वहाँहरूले प्रतिनिधि चयन प्रक्रियामा समानुपातिकता र निष्पक्षता सुनिश्चित गर्न सुझाव दिएका हुन्।”

पोखरेलले दाङ र धनकुटामा आफ्ना पक्षका प्रतिनिधि छनोटमा एकलौटी गरिएको भन्दै गुनासो गरेका थिए।

एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष ओली र पोखरेल समूहबीच प्रतिस्पर्धा हुने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट