Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जेनजी आन्दोलनका माग पूरा गर्न सबैको कटिवद्धता आवश्यक : प्रधानमन्त्री कार्की

जेनजी आन्दोलनका माग पूरा गर्न सबैको कटिवद्धता आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराएर युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीब्र विकासको मार्गमा अघि बढाउनु सरकारको प्रमुख दायित्व भएको बताएकी छन्।

२२औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार सम्पन्न समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनिन्।

प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारीमा रहेको जानकारी दिइन्। साथै, जेनजी आन्दोलनले उठाएका मागहरूलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि उनले स्पष्ट गरिन्।

जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, रोजगारी र गास, बास, कपासको सुनिश्चितता माग गरेको स्मरण गर्दै उनले भनिन्, “भदौ २३ र २४ को जेनजी आन्दोलनबाट हामीले एउटा पाठ सिक्नपरेको छ। मुलुकका युवाले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र जनताको आधारभूत आवश्यकता सुनिश्चित गर्न माग गरेका छन्। ती माग पूरा गर्न सबैले कटिवद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ।”

प्रधानमन्त्री कार्कीले थपिन्, “सरकार आउँदो फागुन २१ गते आम निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ सम्पूर्ण तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोग अपेक्षित छ।”

उहाँले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुको महत्त्व पनि औंल्याइन्। साथै, उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट