काठमाडौं : महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यमरी पुन्हीलाई केवल पर्व मात्र नभई संस्कारको रूपमा मनाउनुपर्नेमा जोड दिएकी छन्।
२२औं राष्ट्रिय ज्यापु दिवस तथा यमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख डंगोलले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भनाइ दिएकी हुन्। उनले यस दिवसले ज्यापु समुदायको मेहनत, माटो र पहिचान प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका राख्ने उल्लेख गरिन्।
उपप्रमुख डंगोलले भनिन्, “आजको ज्यापु दिवसले ज्यापुहरूको मेहनत, माटो र हाम्रो पहिचान दर्शाइरहेको छ। त्यसैले यसलाई केवल पर्वका रूपमा नभई संस्कारको रूपमा लिनु आवश्यक छ।”
उनले त्यसमाथि जोड दिँदै नेपाली समुदायको पहिचान विश्वव्यापी रूपमा गर्व गर्न लायक बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
डंगोलले यस दिनलाई विभिन्न जात्रा, पर्व र परम्परासँग मात्र जोडेर नभई, समुदायको अस्तित्व र पहिचानको रूपमा पनि मनाउनुपर्नेमा जोड दिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij