Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

महाधिवेशन मंसिर २७–२९ मा, उद्घाटन सत्र भक्तपुर, बन्दसत्र काठमाडौं

महाधिवेशन मंसिर २७–२९ मा, उद्घाटन सत्र भक्तपुर, बन्दसत्र काठमाडौं

काठमाडौं : नेकपा (एमाले)ले आफ्नो ११औँ महाधिवेशनका प्रतिनिधिहरूको विवरण फोटोसहित अनलाइनमा राख्ने निर्णय गरेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार प्रदेश कमिटीहरूलाई प्रतिनिधि विवरण संकलन गरी डिजिटल प्रणालीमा राख्ने जिम्मेवारी दिइएको छ।

मंसिर १३ गते प्रतिनिधि छनोट गरी १५ गतेसम्म केन्द्रमा पठाउन निर्देशन दिइएको थियो। तर अहिलेसम्म विवरण संकलनको काम प्रदेश स्तरमा भइरहेको अधिकारीले बताए।

अधिकारीले बाह्रखरीसँग भने, “भूगोलबाट छानिएका प्रतिनिधिहरूको विवरण प्रदेशमा आएका छन्। प्रदेश–प्रदेशले समन्वय गरेर फोटोसहितको विवरण अनलाइन प्रणालीमा राख्ने काम भइरहेको छ।”

गैरभौगोलिक जिल्ला कमिटी, गैरभौगोलिक प्रदेश कमिटी, विभाग, जनसंगठन पदेन सदस्य, प्रवासलगायतका प्रतिनिधिहरूको विवरण केन्द्रबाटै डिजिटलाइज गर्ने काम भइरहेको उनले जानकारी दिए। विवरण एकीकृत भएपछि पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिने तयारी छ।

प्रतिनिधि छनोटको क्रममा आएका विवादहरू पनि समाधानको चरणमा रहेको छ। अधिकारीका अनुसार, “विवाद भएका जिल्ला ओखलढुंगा र धनकुटाका लागि पत्राचार गरिरहेका छौं। अन्य ठाउँबाट आएका निवेदनहरू पनि केलाएर हेरिरहेका छौं।”

एमालेको महाधिवेशन मंसिर २७–२९ सम्म आयोजना हुने तय भएको छ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ। अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

महाधिवेशनमा प्यालनगत प्रतिस्पर्धाका लागि दुवै पक्ष प्रतिनिधि को–कसका हुन् भनी अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट