Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

अख्तियारले मुद्दा दायर गरेपछि क्यानमा जिम्मेवारी विवाद

अख्तियारले मुद्दा दायर गरेपछि क्यानमा जिम्मेवारी विवाद

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अहिले नेतृत्वविहीन अवस्थामा पुगेको छ। बुधबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका छन्। यस घटनापछि निमित्त महानिर्देशक को हुने भन्ने चासो बढेको छ।

क्यानमा महानिर्देशकको मातहत पाँच जना उपमहानिर्देशक तहका ६ जना अधिकारी छन्। वरीयताक्रमअनुसार प्रतापबाबु तिवारी पहिलो नम्बरमा छन्। उनका पछि क्रमशः प्रेमनाथ ठाकुर, हंशराज पाण्डे, देवचन्द्र लाल कर्ण, जगन्नाथ निरौला र बाबुराम पौडेल रहेका छन्।

क्यानको इतिहासअनुसार, महानिर्देशकको जिम्मेवारी निमित्तकै आधारमा आन्तरिक रूपमा पदपूर्ति हुने चलन छ। तर अहिलेसम्म आयोगले मन्त्रालयमा अधिकारीको निलम्बन सम्बन्धी पत्र पठाएको छैन। त्यसैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबारसम्म निमित्त महानिर्देशक नियुक्ति नगरेको सचिव हरिकुमार मैनालीले स्पष्ट पारेका छन्।

पत्र प्राप्त भएपश्चात् मन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले नै निमित्त महानिर्देशकको नियुक्ति गर्ने प्रक्रिया अघि बढाउँछन्। हालसम्म सरकारले आधिकारिक पत्र प्राप्त नगरेको भए पनि क्यानले वेबसाइटबाट अधिकारीको नाम महानिर्देशक पदबाट हटाइसकेको छ।

क्यानले डिसेम्बर ३१ मा आफ्नो २७ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। यसमा निमित्त महानिर्देशकले नेतृत्व गर्नेछन्। अधिकारीको वर्तमान कार्यकाल आगामी माघ १९ गते सकिँदैछ। अर्को कार्यकालको लागि तयारी गरिरहेका उनलाई भ्रष्टाचार मुद्दा भएपछि सम्भावना कमजोर भएको छ।

हाल वरीयताक्रममा पहिलो नम्बरमा रहेका प्रतापबाबु तिवारीले नै निमित्त महानिर्देशकको जिम्मेवारी पाउने सम्भावना उच्च देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट