Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

शेरबहादुर तामाङ उपमहासचिवमा दाबी गर्न लागे, केपी ओलीलाई समर्थन

शेरबहादुर तामाङ उपमहासचिवमा दाबी गर्न लागे, केपी ओलीलाई समर्थन

काठमाडौँ  : नेकपा एमालेका नेता शेरबहादुर तामाङले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा दाबी गर्ने भएका छन्। हाल स्थायी कमिटी सदस्य रहेका तामाङले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उपमहासचिवमा आफ्नो दाबी प्रस्तुत गर्ने बताएका छन्।

तामाङले बिहीबार निकटस्थहरूलाई पठाएको एसएमएसमा भने, “महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबी रहन्छ। हजुरको सहयोग तथा सुझावको हार्दिक अपेक्षा गर्दछु। हाम्रो सोलिडारिटी सधैं रहनेछ।”

मङ्सिर २७ देखि हुने महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल उम्मेदवारी दिइसकेका छन्। अध्यक्ष पदमा ओली र पोखरेलबीचको प्रतिस्पर्धा तीव्र हुँदै गएसँगै अन्य नेताहरू पनि दुवै पक्षमा खुल्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट