Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रचण्डद्वारा उधौली, योमरी पुन्हि र धान्यपूर्णिमा पर्वमा शुभकामना

प्रचण्डद्वारा उधौली, योमरी पुन्हि र धान्यपूर्णिमा पर्वमा शुभकामना

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उधौली, योमरी पुन्हि र धान्यपूर्णिमा पर्वको अवसरमा देश–विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका छन्।

बिहीबार जारी शुभकामना सन्देशमा दाहालले यी पर्वहरू प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै, सांस्कृतिक पहिचान र राष्ट्रिय एकतालाई बलियो बनाउने महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।

उनले भनेका छन् कि सांस्कृतिक विविधताको सम्मान र संरक्षणमार्फत मात्र समावेशी र सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ। नेपाली समाजको विकास यात्रा यिनै संस्कृतिले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा सहयोग पुर्‍याउँदै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट