Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

एक वर्षमा दुई गभर्नरले राष्ट्र बैंकबाट बुझे ६३ लाख

एक वर्षमा दुई गभर्नरले राष्ट्र बैंकबाट बुझे ६३ लाख

काठमाडौँ : नेपाल राष्ट्र बैंकका दुई गभर्नरले नेपाल राष्ट्र बैंकबाट एक वर्षमा झण्डै ६३ लाख रुपैयाँ बुझेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकको गभर्नर रहेका महाप्रसाद अधिकारी र डा. विश्व पौडेलले सो बराबरको तलब भत्ता तथा सेवा सुविधा लिएका हुन् । यसमध्ये महाप्रसाद अधिकारीले कुल ५५ लाख ८७ हजार ३०६ रुपैयाँ बुझेका छन् । बाँकी ६ लाख ८३ हजार ६०३ रुपैयाँ वर्तमान गभर्नर डा. पौडेलले बुझेका छन् ।

अधिकारीले प्राप्त गरेको कुल रकममध्ये तलबबापत ११ लाख ८८ हजार ९०३ रुपैयाँ, बैठक भत्ताबापत २ लाख ८८ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधा बापत ४१ लाख १० हजार ४०३ रुपैयाँ रहेको छ । त्यस्तै, पौडेलले लिएको कुल रकममध्ये २ लाख ५० हजार ६५ रुपैयाँ तलबबापत, १ लाख १७ हजार बैठक भत्ताबापत र ३ लाख १६ हजार ५३८ रुपैयाँ अन्य भत्ता तथा सुविधाबापत रहेको छ ।

यो अवधिमा डेपुटी गभर्नरद्वय नीलम ढुङ्गानाले कुल ६४ लाख ३८ हजार १३१ रुपैयाँ तथा बमबहादुर मिश्रले ६१ लाख ८६ हजार १३९ रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यो अवधिमा राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्यका लागि कुल २ करोड ३३ लाख ८४ हजार ९७८ रुपैयाँ खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij