काठमाडौँ : चालू आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा पाँच खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो रकम गत वर्षको तुलनामा ३५.४ प्रतिशतले वृद्धि भएको हो।
असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। त्यस्तै, यस अवधिमा कुल द्वितीय आय छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ।
वैदेशिक रोजगारतर्फ अन्तिम श्रम स्वीकृति लिने नेपाली एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिने ७७ हजार २५७ रहेको राष्ट्र बैंकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij