सप्तरी : राजविराजबाट करदाता सेवा कार्यालय अन्यत्र नसरियोस् भन्दै संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइएको छ। उद्योग वाणिज्य संघको पहलमा कात्तिक २२ देखि संकलन गरिएको पाँच हजारभन्दा बढी हस्ताक्षर शुक्रबार सीडीओ टुवराज पोखरेललाई बुझाइयो।
कार्यालय सार्ने सरकारको तयारीको विरोधमा संघले धर्ना, हस्ताक्षर अभियानलगायत आन्दोलन गर्दै आएको छ। शनिबार व्यवसायीहरूले कालोपट्टी बाँधेर कारोबार गर्ने तथा दिउँसो प्रदर्शन गर्ने जनाइएको छ। साथै आइतबार बिहान १०–११ बजे जिल्ला प्रशासन अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको छ।
संघका अध्यक्षका अनुसार सप्तरीमा ७० हजारभन्दा बढी करदाता रहेका कारण आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग राखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij