Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

पाेखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ, झन्डै ८९ कराेड हिनामिनाकाे आराेप

पाेखरा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ, झन्डै ८९ कराेड हिनामिनाकाे आराेप

काठमाडौ : कास्कीको पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना पक्राउ परेका छन् ।सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष हिरामणि दाहाल लगायतलाई अनुसन्धानका लागि बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूले व्यक्तिगत स्वार्थ अनुसार ८८ करोड ७० लाख रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको पाइएको सहकारी रजिस्ट्राररको कार्यालय गण्डकीको अनुसन्धानले देखाएको छ । रजिस्ट्रारको कार्यालयको पत्रपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सहकारीमा काल्पनिक खाताहरू खोली सहकारी संस्था तथा विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाममा रकम निकासी गराई गरेको हिनामिना, सहकारी ऐन कानून विपरीत सहकारीका कोष हिनामिना, सञ्चालक समितिका पदाधिकारीहरूका नाममा ऋणीका तर्फबाट सम्पत्ति ल्याई गरेको ऋण हिनामिना लगायत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij