Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेसनल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा एक करोड सहयोग

नेसनल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषमा एक करोड सहयोग

काठमाडौँ :  कात्तिक १९ गते । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपियाँ सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि उक्त सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सो रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मङ्गलबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । नियामक निकायको निर्देशनअनुसार कम्पनीले प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम सीएसआर कोषमा राख्दै आएको बताइएको छ ।

अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन तथा वातावरण संरक्षणमा कम्पनीले विगतदेखि नै योगदान गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि समाजका लागि सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट