Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माओवादी सचिवालय बैठक आज पनि बस्दै

माओवादी सचिवालय बैठक आज पनि बस्दै

काठमाडाैँ  : नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बैठक सुरु हुने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि हिजो बसेको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे ब्रिफिङ गरेका थिए । प्रचण्डले वामपन्थीबिच एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएकाले एकता प्रक्रिया नरोकिने बताएका थिए ।तर नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै तीन पन्ने लिखित प्रस्ताव राखेर बाहिरिएका थिए । उनले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका थिए । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो । त्यसैले एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने उनको भनाइ थियो ।

कात्तिक १७ गते महाधिवेशन आयोजक समितिको बैठक बस्ने र १८ गते एकता घोषणाको तयारी भइरहेको छ । यस विषयमा आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट