Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जिफन्ट अध्यक्ष श्रेष्ठद्वारा उपाध्यक्ष गौतमलाई सहिद घोषणा गर्न माग !!

जिफन्ट अध्यक्ष श्रेष्ठद्वारा उपाध्यक्ष गौतमलाई सहिद घोषणा गर्न माग !!

काठमाडौँ : नेकपा (एमाले) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले महासंघका उपाध्यक्ष कमल गौतमलाई सहिद घोषणा गर्न माग गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित जिफन्टको कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले भने, “श्रमिकका हक अधिकारका लागि जीवनभर संघर्ष गर्नुभएका कमरेड कमल गौतम सच्चा श्रमिक सहिद हुनुभएको छ।”€

६५ वर्षका गौतमको गत बिहीबार भैरहवास्थित नेपा€ल विद्युत् प्राधिकरण कार्यालयअगाडि आयोजना गरिएको धर्ना कार्यक्रममा भाषणकै क्रममा निधन भएको थियो। श्रेष्ठले गौतमले श्रमिक वर्गको आवाज बुलन्द पार्दै अन्तिम साँससम्म संघर्ष गरेको स्मरण गरे।

उनले भने, “हजारौँ श्रमिकहरूको रोजीरोटी जोगाउनका लागि बोल्दै ज्यान गुमाउने सहिद होइन भने को हो? हामी महासंघको तर्फबाट उहाँलाई महान् सहिदको रुपमा मान्यता दिन माग गर्छौं।”

अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलन र सरकारको व्यवहारका कारण श्रमिकहरू समस्यामा परेको बताउँदै भने, “उद्योगी र सरकारबीचको टकरावको मारमा मजदुरहरू पर्नु अन्याय हो।”

जेनजी आन्दोलनमा भएको हिंसा र लुटपाटप्रति संकेत गर्दै उनले थपे, “सिंहदरबार जलाउने, लुटपाट गर्ने र आगोमा परेर मर्नेहरूलाई पनि सहिद भनियो भने, श्रमिकका हकमा बोल्दै ज्यान गुमाउने कमरेड गौतम अझ महान् सहिद हुन्।”

श्रेष्ठले श्रमिक अधिकारका लागि जिफन्टको आन्दोलन निरन्तर जारी रहने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट