Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरेका जनाइएको छ। एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा)सँग पनि एकता गर्ने निर्णय गरेको उक्त पार्टीले जनाएको छ।

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट