Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कांग्रेसमा पेचिलो बन्दै महाधिवेशनको मुद्दा, महामन्त्री गगन थापा केन्द्रीय समिति बैठकमा अनुपस्थित

कांग्रेसमा पेचिलो बन्दै महाधिवेशनको मुद्दा, महामन्त्री गगन थापा केन्द्रीय समिति बैठकमा अनुपस्थित

काठमाडौँ  : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा उपस्थित भएनन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा महामन्त्री गगन थापा उपस्थित नभएका हुन् ।

बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भएको महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा बिचको छलफलमा मङ्सिरमा गर्ने गरी महाधिवेशनको कार्यतालिका ल्याउन महामन्त्री थापाले प्रस्ताव गरेका थिए ।त्यो प्रस्ताव कार्यवाहक सभापति खड्काले अस्वीकार गरेपछि महामन्त्री थापा बैठकमा उपस्थित नभएको नेताहरू बताउँछन्। कार्यवाहक सभापति सँग को बैठकमा कुरा नमिलेपछि भर्‍याङबाटै महामन्त्री थापा र अहिलेसम्म सम्पर्कमा नआएको एक नेताले जानकारी दिए ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महामन्त्री थापालाई आजको बैठकमा नदेखेको जानकारी दिए। सदस्य काफ्लेले भने उहाँलाई बैठकको सुरुवातदेखि अन्तिमसम्म मैले देखिन ।महामन्त्री थापाले असोज २९ गते बसेको कार्यसम्पादन समिति बैठकमा आगामी मंसिर २७ देखि २९ गतेसम्म पार्टीको १५औ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गरेका थिए ।

त्यो कार्यतालिकामा संस्थापन पक्षले असहमति जनाउँदा अहिलेसम्म केन्द्रीय समिति बैठकमा प्रस्तुत हुन सकेको छैन ।आज पनि कार्यवाहक सभापति खड्कासँगको बैठकमा महामन्त्री थापाले त्यही प्रस्ताव पेस गर्ने बताएका थिए ।

तर, त्यो प्रस्ताव बैठकमा प्रस्तुत भए केन्द्रीय समितिबाट बहुमतका आधारमा निर्णय लिने कार्यवाहक सभापति खड्काले बताएपछि महामन्त्री थापा बैठकमै अनुपस्थित भएको एक नेताले जानकारी दिए। महामन्त्री थापासँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। उनका सहयोगीहरूले यसबारेमा बताउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट