Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाकाे निर्णय

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाकाे निर्णय

काठमाडौँ :  महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।बिहीबार पार्टीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय भएको हो । प्रचण्डलाई संयोजक मानेर जानेगरी एकता गर्ने निर्णय भएको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।

यादवको अनुसार पार्टीको नाम नेपाल समाजवादी रहने र २० गतेभित्र एकता घोषणा हुने छ ।'केन्द्रीय समिति बैठकले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजवादी र प्रेमबहादुर सिंहको पार्टीसँग २० गतेभित्र एकता हुन्छ । हामी प्रचण्डलाई संयोजक मानेर एकता गर्न लागिएको हो । एकतामा सम्मान नेताहरूको व्यवस्थापन हुनेमा विश्वास छ,'उनले भने ।

प्रचण्डसँग वार्ता गर्न अध्यक्ष यादवको संयोजकत्वमा महासचिव रमेश र सचिवालय सदस्य राजु थापा तीन सदस्य वार्ता टोली गठन भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट