रुपन्देही : रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
कार्यक्रमका क्रममा अचानक ढल्नुभएका गौतमलाई तत्काल उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषित गरेको पुष्टि गरेको छ ।
बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा आयोजित कार्यक्रममा जिफन्ट उपाध्यक्ष गौतमले श्रमिकमाथि अन्याय भएको भन्दै कडा शैलीमा सरकारको आलोचना गर्नुभएको थियो । उहाँले उद्योगहरूलाई सरकारकै नीतिले फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको थियो । उहाँको अकाल निधनले मजदुर आन्दोलनमा सक्रिय जिफन्ट परिवार स्तब्ध बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij