Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

आईजीपी नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्कीविरुद्ध ‘छवि कमजोर पार्ने खेल’ तीव्र

आईजीपी नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्कीविरुद्ध ‘छवि कमजोर पार्ने खेल’ तीव्र

काठमाडौं : नेपाल प्रहरीका आगामी ३३औँ महानिरीक्षक (आईजीपी) नियुक्तिको मिति नजिकिँदै जाँदा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीविरुद्ध योजनाबद्ध रूपमा ‘छवि कमजोर पार्ने अभियान’ सुरु भएको खुलेको छ।

गत भदौ १८ गते नियुक्त भएका हालका आईजीपी चन्द्रकुवेर खापुङ आउँदो कात्तिक २७ गते अनिवार्य अवकाशमा जाने भएका छन्। त्यसपछि सरकारले नयाँ महानिरीक्षक नियुक्त गर्नुपर्ने हुन्छ।

स्रोतका अनुसार, कार्कीको बढ्दो सम्भावनाले संगठनभित्रका केही स्वार्थी घेरा र बाह्य प्रभाव समूह असहज बनेका छन्। उनीहरूले सामाजिक सञ्जाल र अनौपचारिक माध्यममार्फत नकारात्मक कथा र भ्रम फैलाउने गतिविधि तीव्र पारेका छन्।

भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संकटको समयमा नेतृत्व देखाएका कार्कीले संगठनलाई स्थायित्व दिलाउने निर्णायक भूमिका खेलेका थिए। अन्य एआईजीहरूले उक्त जिम्मेवारी अस्वीकार गर्दा उनले अघि बढ्दै नेतृत्व सम्हालेका थिए।

बरियता, अनुशासन र कार्यसम्पादनमा अग्रस्थानमा रहेका कार्की सरकारका दृष्टिमा पनि बलियो दावेदारका रूपमा हेरिएका छन्। पछिल्ला तीन आईजीपी नियुक्तिमा पनि यिनै मापदण्डलाई आधार बनाइएकोले उनको सम्भावना अझ बलियो देखिन्छ।

विश्लेषकहरूका अनुसार, कार्कीविरुद्धको प्रचार अभियान केवल व्यक्तिगत प्रतिष्पर्धा नभई संस्थागत नेतृत्व छनोट प्रक्रियामाथि दबाब सिर्जना गर्ने रणनीतिको हिस्सा हो।
अब प्रश्न उब्जिएको छ — के बरियता र कार्यसम्पादनको आधारमा योग्य उम्मेदवारको चयन हुनेछ, वा पुनः शक्तिकेन्द्र र व्यक्तिगत स्वार्थले निर्णयको दिशा मोड्नेछ?

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट