Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रवि लामिछाने र छविलाल जोशीविरुद्धको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ

रवि लामिछाने र छविलाल जोशीविरुद्धको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध दायर सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत दाङ, बुटवल इजलासमा हुँदैछ।

न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले मुद्दा हेर्नेछ। यसअघि दुवैको मुद्दा एउटै प्रकृतिको ठहर गर्दै अदालतले संयुक्त रूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

लामिछानेले बिगोअनुसार रकम बुझाएर थुनाबाहिर रहँदै मुद्दा लड्न अनुमति माग्दै निवेदन दिएका छन्। तर जिल्ला अदालत रूपन्देहीले सो निवेदन खारेज गरेपछि उनी उच्च अदालत पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट