Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्कीको पहलमा त्रिपक्षीय छलफल सुरु, जेनजी समूह पनि सहभागी !!

प्रधानमन्त्री कार्कीको पहलमा त्रिपक्षीय छलफल सुरु, जेनजी समूह पनि सहभागी !!

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज बालुवाटारमा सरकार, राजनीतिक दलहरू र जेनजी समूहबीच त्रिपक्षीय छलफल सुरु भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका तयारी र राजनीतिक सहमतिको वातावरण निर्माणका उद्देश्यले यो पहिलो औपचारिक संवाद भएको हो।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार जेनजी समूहका १३ जना प्रतिनिधिहरू छलफलमा उपस्थित छन्। आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सहज र विश्वसनीय बनाउन राजनीतिक सहमति, वातावरण निर्माण, र सुरक्षासम्बन्धी तयारी छलफलको मुख्य एजेन्डा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले) का महेश बर्तौला र क्षितिज थेबे, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र निशा डाँगी, राप्रपाका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी छन्।

जेनजी प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर रहेका छन्।

सरकारले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई विश्वासमा लिएर छलफलको प्रक्रिया अघि बढाएको हो। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच संवाद भएको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच पनि प्रारम्भिक भेटवार्ता सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट