Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै विरोध

विधानविपरीत केन्द्रीय सदस्य थपेको भन्दै विरोध

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विधान विपरीत ८१ जना केन्द्रीय सदस्य थपेको भन्दै सदस्यहरूले विरोध गरेका छन् । काठमाडौँको सुकेधारमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले ३४४ सदस्यीय केन्द्रीय कमिटीमा ८१ जना थप गरेको जानकारी गराएका थिए ।

त्यसप्रति केन्द्रीय सदस्यहरूले विरोध गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधान विपरीत केन्द्रीय सदस्यहरू थप गरेको भन्दै विरोध गर्नेहरूमा महेश रेग्मी, शंकर पोखरेल लगायतका नेता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट