Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः मन्त्री खरेल

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः मन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थासंस्थाहरूसँगको छलफल गर्दै मन्त्री खरेलले सामाजिक सञ्जाल बन्द नहुने बताएका हुन् ।

नउले अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने प्रष्ट्याए । सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे । उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित हुने जानकारी दिए ।

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट