Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

देशको व्यापार घाटा ३ महिनामा ४ खर्ब

देशको व्यापार घाटा ३ महिनामा ४ खर्ब

काठमाडौँ : चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा आयात १९ प्रतिशतले बढेको छ भने निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको २०८२ असोज मसान्तसम्मको तथ्यांकअनुसार निर्यातको हिस्सा भारी मात्रामा बढे पनि देशको व्यापार घाटा करिब ४ खर्ब पुगेको छ । विभागका अनुसार अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा १२.१८ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको छ ।

चालु वर्षको तीन महिनाको अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जसमध्ये ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात भएको छ भने ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।अघिल्लो वर्षको यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यसमध्ये आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij