Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

तोलामा ४ हजार ८ सय घट्यो सुन

तोलामा ४ हजार ८ सय घट्यो सुन

काठमाडौं : आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो । त्यस्तै चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij