Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

पाकिस्तानमा बम खेलाउँदा विस्फोट भई पाँच बालबालिकाको मृत्यु

पाकिस्तानमा बम खेलाउँदा विस्फोट भई पाँच बालबालिकाको मृत्यु

पेशावर : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शनिबार एउटा पुरानो मोर्टारको गोला विस्फोट हुँदा कम्तीमा पाँच बालबालिकाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । यो घटना लक्की मरवत जिल्लामा भएको हो । प्रहरीका अनुसार बालबालिकाको एक समूहले पहाडबाट उक्त पुरानो मोर्टारको गोला फेला पारेर आफ्नो गाउँमा ल्याएका थिए । उनीहरूले त्यसलाई खेलौना सम्झेर खेलिरहेका वेला अचानक विस्फोट भयो । बालबालिकालाई आफूले बम खेलाइरहेको छु भन्ने थाहा थिएन ।

विस्फोटको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याएको थियो । अस्पतालका एक प्रवक्ताले घाइते १२ जनामध्ये अधिकांश बालबालिका रहेको र केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij