Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

मोन्टानाको बारमा गोली चल्दा चारजना मारिए

मोन्टानाको बारमा गोली चल्दा चारजना मारिए

एजेन्सी : अमेरिकाको मोन्टानामा गोली प्रहारबाट चार जना मारिएका छन् ।स्थानीय समय अनुसार शुक्रबार बिहान साढे १० बजे एनाकोन्डा द आउल बारमा गोली प्रहार भएको हो ।

घटनास्थलमै चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार मोन्टानाको एक बारमा भएको हो । प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेको छ ।जंगली क्षेत्रमा संदिग्धको खोजी जारी रहेको प्रहरीले बताएको छ । ४५ वर्षीय माइकल पाउल ब्राउनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij