एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार श्रम तथ्यांक ब्युरोका प्रमुखलाई बर्खास्त गर्न आदेश दिएका छन् ।सरकारको एक प्रतिवेदनले पछिल्लो तीन महिनामा रोजगारी वृद्धि उल्लेखनीय रूपमा सुस्त भएको देखाएको केही घण्टापछि ट्रम्पले बीएलएसकी आयुक्त एरिका म्याकइन्टार्फरलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
सामाजिक संजाल ट्रम्थ सोसलमा लेख्दै ट्रम्पले बीएलएसकी आयुक्त एरिका म्याकइन्टार्फरको आलोचना गरेका छन् ।उनले देशको रोजगार प्रतिवेदनहरू बाइडेनद्वारा नियुक्त व्यक्तिबाट तयार पारिएको दाबी गरेका छन् ।ट्रम्पले उनलाई बर्खास्त गर्न आफ्नो प्रशासनलाई आदेश दिएको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij