नयाँ दिल्ली : निर्वाचन आयोगले भारतको उपराष्ट्रपति पदको निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचन आयोगले शुक्रबार यससम्बन्धी सूचना जारी गरेको हो । सूचनामा मनोनयनदेखि मतदानको मिति र समयसम्मको जानकारी दिइएको छ। जगदीप धनखडले २१ जुलाईमा उपराष्ट्रपति पदबाट राजीनामा दिए। राष्ट्रपतिलाई लेखिएको राजीनामा पत्रमा जगदीप धनखडले आफ्नो स्वास्थ्यको कारण उल्लेख गरेका थिए।
उपराष्ट्रपति निर्वाचन तालिका
सूचना जारी मिति: अगस्ट ७ मनोनयनको अन्तिम मिति: अगस्ट २१ मनोनयनको छानबिन: अगस्ट २२ मनोनयन फिर्ता लिने अन्तिम मिति: अगस्ट २५ निर्वाचन मिति: सेप्टेम्बर ९ मतदान समय: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतगणना: सेप्टेम्बर ९
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij