Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गाजाको केही हिस्सामा इजरायलले रोक्यो लडाई

गाजाको केही हिस्सामा इजरायलले रोक्यो लडाई

तेल अभिभ : इजरायलले गाजाको केही हिस्सामा लडाई रोकेको छ । गाजाको तीन क्षेत्रमा सैन्य गतिविधि रोक्का गरिएको आफूले थाहा पाएको भन्दै बीबीसीले समाचार छापेको छ ।

गाजापट्टीमा प्यालेष्टिनीहरूको अवस्था दयनीय बनेको र भोकमरीका कारण दिनदिनै मान्छे मरिरहेको खबर आइरहँदा यो कदम आएको हो । मानवीय सहायता आपूर्ति होस् भनेर बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लडाई रणनीतिक रूपमा रोकिएको हो ।

आईडीएफ युद्ध गरिनरहेको तीन ठाउँ अल– मावासी, देयर अल–बलाह र गाजा शहरमा थप सूचना जारी नहुँदासम्मका लागि निश्चित समय युद्ध रोकिने एउटा विज्ञप्तिमा आईडीएफले भनेको छ । यूएन र मानवीय सहायता सङ्गठनहरूले पठाएका सहायता सुरक्षित रूपमा गाजा भित्रिन सकोस् र खानेकुरा अनि औषधि वितवरण सहज होस् भनेर बिहान ६ बजेदेखि ९ बजेसम्म सुरक्षित बाटो निर्धारण गरिएको पनि बताइएको छ ।

शुक्रबार खान नपाएर अरु पाँच जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भनेको थियो योसँगै भोकमरीका कारण मर्नेको संख्या १२७ जना पुगेको छ । यी मध्ये दुई तिहाइ बालबालिका भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij