Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

नयाँ दिल्ली : उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ ।

घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको छ । दुर्घटनापछि प्रहरी र प्रशासनको टोलीले तुरुन्तै घाइतेहरूलाई अस्पताल लैजान थालेको छ ।

प्रारम्भिक जानकारीअनुसार उच्च भोल्टेज लाइनको तार भाँचिएर मन्दिरको बाटोमा खसेपछि भागदौड मच्चिएको थियो । त्यसबेला दर्शनका लागि ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिर पुगेका थिए ।

तार भाँचिएपछि अचानक उत्पन्न त्रासका कारण स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफ्नो एक्स अकाउन्टमा भागदौडको बारेमा जानकारी दिएका छन् ।

धामीले यस घटनाप्रति शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij