Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

‘वार २’को ट्रेलरमा ऋतिक र एनटीआरको भिडन्त

‘वार २’को ट्रेलरमा ऋतिक र एनटीआरको भिडन्त

अगष्टको १४ तारिखबाट रिलिजमा आउन लागेको बलिउड फिल्म ‘वार २’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा नायकद्धय ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणीको मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा ऋतिक र एनटीआरको भिडन्त देखाइएको छ ।

आयन मुखर्जीको निर्देशनमा तयार भएको यो फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । फिल्मको मेकिङ उच्च देखिएको छ । यसअघि फिल्म ‘वार’ले बक्स अफिसमा धुम मच्चाएको थियो । ‘वार २’ पनि दर्शकका लागि प्रतीक्षामा छ ।

फिल्म ‘वार २’मा एनटीआर भिलेनको रुपमा देखिएका छन् । तर, फिल्मको ट्रेलरमा एनटीआर र ऋतिकलाई सैनिकको रुपमा चित्रित गरिएको छ । यसले, फिल्मको कथावस्तु अझै रोचक हुने अपेक्षा गर्न सकिन्छ ।

https://youtu.be/mjBym9uKth4

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij